आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता

<p>काठमाडौं । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता भएको छ । आइएमई मोटर्सले रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको हो । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र [&hellip;]</p>

काठमाडौं । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता भएको छ । आइएमई मोटर्सले रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको हो ।

यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमइ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो ।

यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।

Share News