उदयपुरको घुर्मीमा खुल्यो एनआईएमबीको नयाँ शाखा

<p>काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कटारी नगरपालिका- १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो। बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गर्दै यस शाखाबाट ग्राहकरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । एनआईएमबी बैंकको २७४ शाखा कार्यालय, [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले कटारी नगरपालिका- १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गर्दै यस शाखाबाट ग्राहकरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए ।

एनआईएमबी बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन् ।

Share News