काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले हायर पर्चेज कर्जा लिएका ३६ जना ऋणीलाई कर्जा चुक्ता गर्न ताकेता गरेको छ ।
कम्पनीले ३५ दिनभित्र साविक हुलास फिन सर्भ लिमिटेडबाट हायर पर्चेज कर्जा सुविधा लिएका ३६ जना ऋणीलाई कर्जा चुक्ता गर्न ताकेता गरेको हो ।
३५ दिनभित्र ऋणीले कर्जा चुक्ता नगरेमा ऋणी तथा जमानीकर्ताको नाम कालोसूचीमा समावेश गरिनुका साथै ऋण असूल उपर गर्न धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने तथा अन्य उपयुक्त कानुनी उपचार गरिने कम्पनीले चेतावनी दिएको छ ।