काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी विदेश उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान भइरहका बेला चौधरी श्रीलंका उडेका हुन् ।
बाँसबारी जग्गा प्रकरणमा सांसद चौधरीले बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएका थिए । बयान दिएपछि चौधरी श्रीलंका उडेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।
उनी नियमित कामको शिलशिलमा विदेश गएका हुन् । चौधरी ग्रुपका अनुसार उनी महिनाको २५ दिन विदेश हुन्छन् । तीन दिनअघि नै श्रीलंका जाने कार्यतालिका थियो ।
चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि बयान लिइएको थियो । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान लिएको थियो ।