हुलाकका एक हजार छ सय ३६ दरबन्दी खारेज

<p>काठमाडौं । सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार छ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले विद्युतीय सुशान आयोगका सम्बन्धमा व्यवस्था [&hellip;]</p>

काठमाडौं । सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार छ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले विद्युतीय सुशान आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छभने गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका २०८०, स्वीकृत गरेको छ ।
बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी निवासी डा परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले सञ्चारकर्मीहरूलाई बताइन् ।

Share News