सरकारले वैदेशिक रोजगारबाट फर्किएर उद्यम गरेका व्यक्तिलाई राष्ट्रिय सम्मान गर्ने

<p>काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट फर्किएर उद्यम गरेकालाई राष्ट्रिय सम्मान सहित पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरेर राष्ट्रिय उत्पादन र रोजगारमा योगदान दिएकालाई राष्ट्रिय सम्मान सहित पुरस्कृत गर्ने जनाएको हो । ‘वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय [&hellip;]</p>

कृत्रिम वौद्धिकता प्रविधिबाट निर्मित सांकेतिक तस्बिर

काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट फर्किएर उद्यम गरेकालाई राष्ट्रिय सम्मान सहित पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरेर राष्ट्रिय उत्पादन र रोजगारमा योगदान दिएकालाई राष्ट्रिय सम्मान सहित पुरस्कृत गर्ने जनाएको हो ।

‘वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कारको व्ययवस्था गरिएको मन्त्रालयले जनाएको छ । सम्मान तथा पुरस्कारको लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार फारम भरेर २१ दिनभित्र मन्त्रालयमा आवेदन गर्नुपर्ने बताइएको छ ।

विदेशमा गएर कम्तिमा एक वर्ष काम गरेर फर्किएको, वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा नै व्यवसाय सञ्चालन गरेको कम्तिमा एक वर्ष पूरा भएको र विगत ५ वर्षभित्र मन्त्रालयको तर्फबाट कुनैपनि पुरस्कार प्राप्त नगरेको व्यक्तिले पुरस्कार र सम्मानको लागि आवदेन गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

आवेदकले नागरिकताको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा सहितका विषयवस्तु पेश गर्नुपर्ने छ । कार्यविधिअनुसार उत्कृष्ट उद्यमीमा छनोट हुन सक्ने एक जना व्यक्तिले एक लाख पचास हजार नगद र प्रमाणपत्र सहित उत्कृष्ट उद्यमी राष्ट्रि पुरस्कार प्राप्त गर्नेछन् भन्ने अन्य सात जना उत्कृष्टमा छनोट हुनेले ७५ हजार नगद सहित प्रमाणपत्र र राष्ट्रिय सम्मान प्राप्त गर्नेछन् ।

पछिल्लो समयमा देश श्रम तथा रोजगार र स्थायी रुपमा देश छाडेर जाने नेपालीको संख्या बढ्दै गइरहेको सन्दर्भमा सरकारले स्वदेश फर्किर उद्यम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमले सकारात्मक सन्देश जाने अनुमान गरिएको छ ।

Share News