काठमाडौं । नेपाल बैंकमा सरकारसहित २ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । बैंकको वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ४९ करोड ३९ लाख ५१ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व छ ।
यस्तै, बैंकमा कर्मचारी सञ्चय कोषको ३.६४ प्रतिशत अर्थात् ५३ करोड ४८ लाख २३ हजार ७ सय रुपैयाँ र प्रभु लाइफ इन्स्योरेन्सको ०.९६ प्रतिशत अर्थात् १४ करोड १५ लाख ३ हजार ६ सय रुपैयाँ लगानी रहेको छ ।
सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत सेयर स्वामित्व छ । जसमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफ इन्स्योरेन्स सर्वसाधारणस सेयरधनीका तर्फबाट सबैभन्दा ठूला सेयरधनी हुन् ।