प्राइम बैंकमा पूर्व र वर्तमान सीईओको लगानी, उमेश श्रेष्ठ सबैभन्दा ठूला सेयरधनी

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धर र हालका सीईओ संजीव मानन्धरको पनि लगानी रहेको छ । बैंकका अनुसार पूर्व सीईओ नारायण दास मानन्धरको ४ लाख ८ हजार ४९१ कित्ता र सीईओ संजीव मानन्धरको ६ लाख १६ हजार ८६६ कित्ता सेयर स्वामित्व रहेको छ । साथै, बैंकमा १९ जना [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धर र हालका सीईओ संजीव मानन्धरको पनि लगानी रहेको छ । बैंकका अनुसार पूर्व सीईओ नारायण दास मानन्धरको ४ लाख ८ हजार ४९१ कित्ता र सीईओ संजीव मानन्धरको ६ लाख १६ हजार ८६६ कित्ता सेयर स्वामित्व रहेको छ ।

साथै, बैंकमा १९ जना व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ । जसमध्ये सबैभन्दा बढी सेयर स्वामित्व उमेश श्रेष्ठको छ । श्रेष्ठको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, विनोद चन्द्र बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १४९ कित्ता, कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, कर्मचारी सञ्चय कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता, विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५११ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, सुन्दर नारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८३, शैलजा बर्जाचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, श्याम बहादुर श्रेष्ठको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३७ कित्ता, स्वेता मास्केको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४८८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२० कित्ता, महेश राज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८४७ कित्ता, चिरन्जिवी दवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, बैंकको अध्यक्ष राजेन्द्र दास श्रेष्ठको ३ लाख ४२ हजार ६३९ कित्ता, सञ्चालकहरू उदय मोहन श्रेष्ठको ८ लाख ९४ हजार कित्ता, नरेन्द्र बज्राचार्यको १३ लाख २० हजार ३८१ कित्ता, डा. गजेन्द्र बिष्टको १९ हजार १५९ कित्ता, प्रचण्ड मान श्रेष्ठको १ हजार ८६५ कित्ता, मनोज पौडेलको १ हजार ८६५ कित्ता सेयर स्वामित्व छ ।

Share News