चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित

<p>चितवन । चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छन् । वार्षिक साधारणसभा तथा दास्रो अधिवेशनबाट संस्थापक उपाध्यक्षसमेत रहेका उनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । तीनवर्षे कार्यकालको सो कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमशः रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा [&hellip;]</p>

चितवन । चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छन् । वार्षिक साधारणसभा तथा दास्रो अधिवेशनबाट संस्थापक उपाध्यक्षसमेत रहेका उनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

तीनवर्षे कार्यकालको सो कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमशः रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यमा गगन लामा,  शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेनमान शाक्य, रामप्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कँडेल रहेका छन् ।

विसं २०७५ मा स्थापित सो संस्थाले व्यावसायिक हकहित प्रवद्र्धन, व्यावसायिक दक्षता विकास, साझा सरोकारलगायत क्षेत्रमा काम गर्दै आएको छ ।

Share News