काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाकी आमाको निधन भएको छ ।
निवर्तमान अध्यक्ष शेखर गोल्छाकी आमाको मंगलबार राति साढे ९ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हाे । गोल्छाको आमा पुखराज देवी गोल्छाको ८२ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय पुखराज देवी गोल्छाको आज २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ । उनका चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय गरी ४ छोरा छन् ।