काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्स (आरआर ट्राभल्स)बीच ३ वर्षका लागि आज पुस ८ गते सम्झौता भएको हो ।
सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ट्राभल्सका तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकले आरआर ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौंको उत्तरढोका-२ स्थित लाजिम्पाटमा रहेको आरआर ट्राभल्सबाट आन्तरिक माउन्टेन फ्लाइट बुकिङमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाइटमा १० प्रतिशत विशेष छुट अफर पाउने भएका छन् ।
कम्पनीका अनुसार यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ । जसका आधारमा आरआर ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् ।