एनआईसी एशिया बैंकले पायो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’

<p>काठमाडौं । एनआईसी एशिया बैंक ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ बाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोको भन्दै उक्त अवार्डबाट सम्मानित भएको हो । भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत बैंक ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ बाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोको भन्दै उक्त अवार्डबाट सम्मानित भएको हो ।

भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत बैंक ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट सम्मानित भएको हो ।

बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवाबाट बैंकले ई-कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायीक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई साइबरसोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु (भीएएस) उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको हो ।

विभिन्न डिजिटल तथा कार्ड सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरु तथा मर्चेन्टहरुमा पुर्याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ३६० शाखा कार्यालयहरू, ६६६ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

Share News