बैंकको खराब कर्जा घटाउन र रिकभरीमा जोड दिन्छु : नव नियुक्त सीईओ पाण्डेय

<p>काठमाडौं । नेपाल बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले बैंकको खराब कर्जा घटाउने बताएका छन् । विकासन्युजसँग बोल्दै सीईओ पाण्डेयले बैंकको खराब कर्जा घटाउने र रिकभरीमा जोड दिने बताएका हुन् । गत असोजसम्मको तथ्याङ्क अनुसार बैंकको खराब कर्जा ३.८४ प्रतिशत रहेको छ । साथै, उद्योगी व्यवसायीहरूको मनोबल उच्च हुने गरी काम गर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले बैंकको खराब कर्जा घटाउने बताएका छन् । विकासन्युजसँग बोल्दै सीईओ पाण्डेयले बैंकको खराब कर्जा घटाउने र रिकभरीमा जोड दिने बताएका हुन् ।

गत असोजसम्मको तथ्याङ्क अनुसार बैंकको खराब कर्जा ३.८४ प्रतिशत रहेको छ । साथै, उद्योगी व्यवसायीहरूको मनोबल उच्च हुने गरी काम गर्ने उनले बताए ।

‘बैंकको एनपीएल उच्च छ, त्यसलाई कम गर्नेछु, रिकभरी हुन सकिरहेको छैन, अब सीईओ भएपछि असुलीमा जोड दिन्छु,’ उनले भने, ‘राष्ट्र बैंक तथा सरकारी नीतिका बावजुत ग्राहकहरूको मनोबल उच्च हुन सकेको छैन, अब लगानीमैत्री वातावरण बनाउनेछु ।’

बैंकिङ अभ्यास आफूले गरिरहेको र जानेको काम भएको बताउँदै उनले अन्तर्राष्ट्रिय कारणले पनि समस्या भइरहेको बताए । बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ भने जगेडा कोष २१ अर्ब ४४ करोड रुपैयाँ छ । साथै, सरकारी लगानीको बैंक भएकाले सरकारका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढ्नु पर्नेछ ।

Share News