काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कार्त्तिक महिनासम्म साढे २२ अर्ब रुपैयाँ ब्याज अनुदानमा प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि कर्जा स्वीकृत गर्दा २२ अर्ब ३९ करोड ८ लाख रुपैयाँ ब्याज अनुदान दिएको हो ।
ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिने व्यवस्था गरेको छ । सोही अनुसार गत कार्त्तिकसम्म सहुलियत कर्जामा २२ अर्ब ३९ करोड रुपैयाँ ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, बिना धितो, धितो सहितको, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम, युवा वर्ग स्वरोजगार कर्जा लगायत शिर्षकमा दिइने कर्जामा ब्याज अनुदान दिने गरेको छ ।
गत कात्तिक मसान्तसम्म कूल १ लाख ४१ हजार ३६९ जना ऋणीलाई २ खर्ब ४४ अर्ब ९२ करोड ९९ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको छ । जसमा वाणिज्य बैंकहरूले १ लाख २१ हजार ३०३ ऋणीलाई २ खर्ब १४ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ, विकास बैंकहरूले १८ हजार १०८ ऋणीलाई २७ अर्ब १२ करोड ७७ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरूले १ हजार ८६६ ऋणीलाई ३ अर्ब १३ करोड ५४ हजार रुपैयाँ र लघुवित्त संस्थाहरूले ९२ ऋणीलाई ८ करोड २९ लाख ७० हजार रुपैयाँ कर्जा स्वीकृत गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार कूल ५८ हजार ४३ जना ऋणीलाई १ खर्ब ५६ अर्ब ४ करोड रुपैयाँ बराबरको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा स्वीकृत गरेको छ । यस्तै, बिना धितो ४ हजार २५७ ऋणीलाई २ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ, धितो सहितको ५३ हजार ७८६ ऋणीलाई १ खर्ब ५३ अर्ब ९ करोड ४३ लाख रुपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जा १६३ ऋणीलाई ७ करोड ८१ लाख रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जा ८६१ ऋणीलाई ७० करोड ६१ लाख रुपैयाँ, महिला उद्यमशील कर्जा ८० हजार ७७६ ऋणीलाई ८५ अर्ब ६ करोड ५९ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास कर्जा ९८८ ऋणीलाई ६९ करोड ४९ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको छ ।
यस्तै, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा १२१ ऋणीलाई ४ करोड २७ लाख रुपैयाँ, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा १७४ ऋणीलाई ४ करोड ९७ लाख रुपैयाँ, कपडा उद्योग सञ्चालनका लागि १९३ ऋणीलाई २ अर्ब २१ करोड ५८ लाख रुपैयाँ, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम २ ऋणीलाई ४ लाख रुपैयाँ र युवा वर्ग स्वरोजगार कर्जा ४८ ऋणीलाई २ करोड ८४ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको हो ।
गत कात्तिकसम्म ५१ बैंक तथा वित्तीय संस्थाहरूले सहुलियतपूर्ण कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले १५ हजार १२५ ऋणीलाई २४ अर्ब ६० करोड रुपैयाँ कर्जा स्वीकृत गरेको हो ।
यस्तै, सिटिजन्स बैंकले ३ हजार ६०२ ऋणीलाई ५ अर्ब ७१ करोड रुपैयाँ, एभरेष्ट बैंकले २ हजार ९८६ ऋणीलाई ४ अर्ब ६१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ७ हजार ८३४ ऋणीलाई १६ अर्ब १४ करोड रुपैयाँ, हिमालयन बैंकले ३ हजार ६११ ऋणीलाई ५ अर्ब ८८ करोड रुपैयाँ, कुमारी बैंकले ५ हजार १५१ ऋणीलाई ११ अर्ब ९० करोड रुपैयाँ कर्जा स्वीकृत गरेका छन् ।
यस्तै, लक्ष्मी सनराइज बैंकले ९ हजार २९९ ऋणीलाई १२ अर्ब १९ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले २ हजार २५० ऋणीलाई ३ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले ८ हजार २६८ ऋणीलाई १४ अर्ब ४७ करोड रुपैयाँ, नेपाल बैंकले ६ हजार ८२८ ऋणीलाई ९ अर्ब ८९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ११ हजार ७४७ ऋणीलाई १४ अर्ब ६४ करोड रुपैयाँ कर्जा स्वीकृत गरेका हुन् ।
यस्तै, नेपाल एसबिआई बैंकले २ हजार ५६५ ऋणीलाई ५ अर्ब १९ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले ४ हजार १५६ ऋणीलाई २० अर्ब ५१ करोड रुपैयाँ, एनएमबि बैंकले ६ हजार ४४६ ऋणीलाई ११ अर्ब ८० करोड रुपैयाँ, प्रभु बैंकले ६ हजार ४८९ ऋणीलाई ८ अर्ब ८७ करोड रुपैयाँ, प्राइम बैंकले ४ हजार १ सय ऋणीलाई १० अर्ब ५९ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका हुन् ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १२ हजार ९ ऋणीलाई १४ अर्ब ७१ करोड रुपैयाँ, सानिमा बैंकले ४ हजार ५४० ऋणीलाई ८ अर्ब ६३ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ३ हजार ७९३ ऋणीलाई ९ अर्ब ५ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५०४ ऋणीलाई १ अर्ब ६० करोड रुपैयाँ कर्जा स्वीकृत गरेका हुन् ।
[pdf id=453962]