‘चिनियाँ जहाजको कारण १ अर्ब ९० करोड घाटा भयो, अब उसिनेर सुप खाने ?’

<p>काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चिनियाँ जहाज नबेचेर उसिनेर सुप खाने हो र भनेर प्रश्न गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज बेच्ने विषयमा सांसदहरूले गरेको विरोधको प्रतिवाद गर्दै यस्तो प्रश्न गरेका हुन् । ‘संसदमा चिनियाँ जहाज सेतो हात्ती भयो भन्ने पनि हामी नै हौं [&hellip;]</p>

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चिनियाँ जहाज नबेचेर उसिनेर सुप खाने हो र भनेर प्रश्न गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज बेच्ने विषयमा सांसदहरूले गरेको विरोधको प्रतिवाद गर्दै यस्तो प्रश्न गरेका हुन् ।

‘संसदमा चिनियाँ जहाज सेतो हात्ती भयो भन्ने पनि हामी नै हौं । तर, बेच्न खोज्दा किन बेच्न खोजियो भन्ने ?’, वार्षिक २० करोडभन्दा बढी घाटा भएको छ,’ मन्त्री किराँतीले भने ।

यो कसको स्वार्थमा किनियो भनेर खोज्दै जाँदा म किन जन्मिएँ भन्नेमा पुगिने उनको भनाइ छ । उनले जहाजको लागि पाइलट नपाइने, इन्स्योरेन्स महँगो पर्ने र जहाजका पार्टस् खरिद गर्न पनि चीन जानु पर्ने बाध्यता रहेको बताए ।

उनका अनुसार २०७५/७६ देखि अहिलेसम्म १ अर्ब ९० करोड घाटा भएको छ । ‘समितिले भनोस् कि चिनियाँ जहाज के गरौं ? घाममा सेकेर राखौं कि सुप बनाएर खाऔं ?’ उनले प्रश्न गरे ।

 

Share News