चौतर्फी आलोचना भएपछि मन्त्री किराँतीले भने : सबै अस्तित्वको सम्मान गर्छु, सबैले गरौं

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबैको अस्तित्वको सम्मान गर्दै आएको बताएका छन् । आफ्नो अभिव्यक्ति चौतर्फी विरोध भएसँगै किराँतीले सामाजिक सञ्चाल फेसबुकमा स्ट्याटस् लेख्दै सो बताएका हुन् । ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरुलाई जेल हाल्नुपर्छ’ भन्ने उनको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी रुपमा विरोधसँग बहस पनि उठेको छ । यसको लागि [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबैको अस्तित्वको सम्मान गर्दै आएको बताएका छन् । आफ्नो अभिव्यक्ति चौतर्फी विरोध भएसँगै किराँतीले सामाजिक सञ्चाल फेसबुकमा स्ट्याटस् लेख्दै सो बताएका हुन् ।

‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरुलाई जेल हाल्नुपर्छ’ भन्ने उनको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी रुपमा विरोधसँग बहस पनि उठेको छ । यसको लागि मन्त्री किराँतीले सबैलाई धन्यवाद दिएका छन् ।

‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,’ उनले भने ।

साथै, उनले अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु समेत भनेका छन् ।

‘भन्नलाई त मलाई, पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने, थप प्रष्टाउँदै उनी भन्छन्- ‘अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

Share News