जहाजको शौचालयमा नवजात शिशु भेटिएपछि…

<p>काठमाडौं । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौं आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो । सो जहाज युएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट [&hellip;]</p>

काठमाडौं । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौं आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।

सो जहाज युएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले भने ।

Share News