शान्त रूपले आक्रामक बिजनेस गर्दै म्याक्स इन्टरनेशनल, साढे २ अर्ब आम्दानी

<p>काठमाडौं । सूचना प्रविधि (आईटी)सँग सम्बिन्धत सामानहरूको व्यापार गर्दै आएको म्याक्स इन्टरनेशल आक्रामक रुपमा व्यापार गरिरहेको देखिएको छ । नेपालका लागि डेल ल्यापटपको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेशनलले सन् २०२३ मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ भने अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा ३ अर्ब करोड ३० लाख रूपैयाँको व्यापार गरेको [&hellip;]</p>

काठमाडौं । सूचना प्रविधि (आईटी)सँग सम्बिन्धत सामानहरूको व्यापार गर्दै आएको म्याक्स इन्टरनेशल आक्रामक रुपमा व्यापार गरिरहेको देखिएको छ । नेपालका लागि डेल ल्यापटपको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेशनलले सन् २०२३ मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ भने अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा ३ अर्ब करोड ३० लाख रूपैयाँको व्यापार गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा घटेपनि अन्य कम्पनीहरुको तुलनामा यो कम्पनीले आक्रामक रुपमा व्यापार गरेको देखिन्छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ९ करोड रूपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधाका लागि रेटिङ पनि गराएको छ । केयर नेपाल रेटिङ एजेन्सीले कम्पनीलाई ‘सर्ट टर्म लोन’का लागि ‘ए फोर’ पाएको छ भने ‘लङ्ग टर्म’का लागि ‘डबल बि’ रेटिङ पाएको छ । कम्पनीले व्यवसाय विस्तारका लागि कुल १ अर्ब ७३ करोड रूपैयाँ ऋण सुविधा लिने भएको छ ।

बजारमा खासै प्रचार नदेखिएको कम्पनी शान्त गतिमा आक्रामक व्यवसाय गर्ने रणनीतिमा देखिन्छ । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृुत शाहिना हुुसैन हुन् भने लगानीकर्ता पनि उनी नै हुन् । यो कम्पनीको विषयमा केयर रेटिङ नेपालले एक जना मात्रै  विदेशी लगानीकर्ता भएकोले कुनै दिन लगानी फिर्ता हुन सक्ने जोखिम पनिऔल्याएको छ ।

यो कम्पनीमा विदेशी लगानी छ, लगानीकर्ता एउटा मात्रै हुनु हुन्छ, लगानीकर्ता एउटा मात्रै भएकोले कुनैदिन लगानी फिर्ता हुन सक्ने जोखिम देखिन्छ, लगानीकर्ताको मृत्यु वा कुनै ठूलो समस्या भएमा कम्पनी बिघटन हुन सक्ने जोखिम देखिन्छ,’ केयर रेटिङ नेपालले भनेको छ ।

म्याक्स इन्टरनेशनल आईटीसँग सम्बन्धि सामानहरू व्यापार गर्दै आएको छ । सन् २००६ मा स्थापना भएको यो कम्पनी नेपालका लागि डेल ल्यापटपका आधिकारिक बिक्रेता पनि हो । यसले देशभर विभिन्न डिलरहरू सञ्चालन गरेर व्यापार गर्दै आएको छ । कम्पनीले एक हजारभन्दा बढी ब्राण्डका सामानहरू व्यापार गर्दै आएको दाबी गर्दै आएको छ ।

कम्पनीले आगामी दिनमा सूचना प्रविधिको क्षेत्र थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरेको छ । म्याक्स इन्टरनेशनले आफ्नो व्यापार विस्तार गर्ने रणनीतिका साथ विभिन्न बैंक तथा वित्तीय संस्था र सरकारी स्तरमा पनि आफ्नो सहभागिता जनाएको बताएको छ ।

कम्पनीले सूचना प्रविधि क्षेत्रमा आफुलाई नेपालको नम्बर वान कम्पनीका रुपमा चिनाउँदै आएको छ ।

Share News