समृद्धि फाइनान्सद्धारा साइकल र्‍याली सम्पन्न

<p>काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार साइकल र्&#x200d;याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्डबाट सुरु भएको ¥याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुन शुरु भएको स्थानमाआएर समाप्त भएको थियो । सो र्&#x200d;यालीमा सर्मद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, संचालक विनोद कुमार सुवेदी, संचालक जे।वि। हमाल, प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार साइकल र्‍याली गरेको छ ।

शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्डबाट सुरु भएको ¥याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुन शुरु भएको स्थानमाआएर समाप्त भएको थियो ।

सो र्‍यालीमा सर्मद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, संचालक विनोद कुमार सुवेदी, संचालक जे।वि। हमाल, प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी साथै फाइनान्सका १९ जनाकर्मचारीहरुको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।

समृद्धि फाइनान्स कम्पनीले यहिकार्तिक २५ गने २२ औं वार्षिकोत्सव मनाउँदै छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा समृद्धि फाइनान्सले कार्तिक १९ गतेदेखि २५ गतेसम्म वार्षिकउत्सव सप्ताह मनाउदै विभिन्न जनचेतना मुलककार्यक्रमहरु गरिरहेको छ । कार्तिक १९ गते पुतलीसडक शाखा र कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई तथा डस्बिन वितरण कार्यक्रम गरेको फाइनान्सले जनाएको छ । साथै भोलि प्रधानकार्यालय लगायत सम्पुर्ण शाखाहरुबाट केक काटी आफ्ना ग्राहकहरुका साथ २२ औं वर्षमा प्रवेश भएको उत्सव मनाउँदै गरेको फाइनान्सले बताएको छ ।

 

Share News