
काठमाडौं । काठमाडौं महानगरले भूकम्पपीडितलाई राहत सामग्री पठाएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत सामग्री पठाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
मेयर शाहले आवश्यक परेमा महानगरले इन्जिनियरिङ र प्राविधिक सहयोग समेत पठाउने बताएका छन् ।