
काठमाडौं । जाजरकोटका भूकम्प पीडितलाई नेपाल शक्षिक परामर्श संघ (इक्यान) ले ५ लाख ६ हजार रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
इक्यानले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावित परिवारमा राहत उपलब्ध गराउने उद्देश्यले इक्यानको कोषबाट ३ लाख १ हजार र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूबाट २ लाद ५ हजार गरी एकमुष्ठ ५ लाख ६ हजार रुपैयाँको कोष स्थापना विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
इक्यानले आफ्ना सम्पूर्ण सदस्य, शुभचिन्तक एवं जनसमुदायलाई उद्धार र राहत सहयोग गर्न अपिल गर्दै आर्थिकरूपमा इक्यानको कोषमा रकम जम्मा गरिदिन समेत आग्रह गरेको छ ।
यसरी सहयोग गर्न चाहनेहरूले इक्यानको एनएमबी बैंकमा रहेको आधिकारिक खाता नम्बर ०२३००४५२६८५०००१२ वा इसेवा नम्बर ९८४१३६०७२० मा जम्मा गर्न पनि आग्रह गरेको छ ।
यस विषयमा अन्य जानकारीका लागि अध्यक्ष शेषराज भट्टराई (९८५१०९०८४२), महासचिव दीपकराज भुसाल (९८५१०३१९०६), कोषाध्यक्ष आशिक कार्की, सामाजिक उत्तरदायित्व विभागका संयोजक उमा खड्का पाठक (९८४१६१७७१०) तथा इक्यान कार्यालयका कर्मचारी रुद्रप्रसाद रेग्मी (९८४१३६०७२०), प्रतिक अर्याल (९८१३१३६०८२) लाई सम्पर्क राख्न अनुरोध गरेको छ ।
इक्यानले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरूको स्वस्थ लाभको कामनासमेत गरेको छ ।