काठमाडौं । भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ ।
‘शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पु¥याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहित तुल्याएको छ । यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।’, फाउन्डेशनले विज्ञप्तीमा उल्लेख गरेको छ ।
साथै, फाउन्डेशनले घाईतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षाको साथ प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख प्रदान गर्ने घोषणा गरेको छ ।