प्राधिकारणका कर्मचारीले कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विभिन्न माग राखेर आइतबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे ध्यानआकर्षण अघि सार्दै कात्तिक १४ गतेदेखि आन्दोलनरत प्राधिकरणका कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आइतबार, सोमबार र मंगलबार कार्यकारी निर्देशक सहित उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विभिन्न माग राखेर आइतबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।

सात बुँदे ध्यानआकर्षण अघि सार्दै कात्तिक १४ गतेदेखि आन्दोलनरत प्राधिकरणका कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आइतबार, सोमबार र मंगलबार कार्यकारी निर्देशक सहित उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्न नदिने जनाएका छन् ।

संगठित रुपमा आन्दोलनरत कर्मचारीहरुले विद्युत विधेयक, २०८० खारेजी, हाजिरी, जीवन बीमा, ज्यालादारी कर्मचारी ज्याला लगायतका मागहरु राखेका छन् । माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारी संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Share News