काठमाडौं । विकासन्युजमा कार्यरत सन्तोष रोकाया बैंकिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औं वार्षिकोत्सवकाे अवसरमा शनिवार विकासन्युजकर्मी रोकाया सिविफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
उनलाई अर्थमन्त्री डा.प्रकाश शरण महत र बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाहले प्रमाणपत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् । उनले प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ पाएका छन् ।
बैंकिङ क्षेत्रको समाचार सम्प्रेषणमार्फत् आर्थिक तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदान स्वरुप उनलाई पुरस्कारमार्फत् सम्मान गरेको बताएको छ । भारतीय रुपैयाँसँगको विनिमयदरले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव विषयमा नियमित समाचार लेखेका थिए । बैंक तथा वित्तलाई मुख्य बिट बनाएर समाचार लेख्दै आएका छन् ।
सो पुरस्कारका लागि परेको २७ वटा आवेदनमध्ये रोकायाको समाचार उत्कृष्ट भएको भन्दै पुरस्कारका लागि छनोट गरिएको पुरस्कार छनोट समितिका संयोजक श्रीधर खनालले बताए ।
गत वर्ष पनि राेकायाले नाफिजले प्रदान गरेको भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत भएका थिए ।
त्यस्तै, सिबिफिन बैंकिङ पत्रकारिकता पुरस्कार केटिएम भ्वाइसका रोयल आचार्यलाई प्रदान गरिएको छ भने शारदादेवी ढुंढीराज पत्रकारिता पुरस्कार रातोपाटीका प्रयास श्रेष्ठले पाएका हुन् ।
विकासन्युजकर्मी रोकाया र शिलापत्रकर्मी घिमिरे पुरस्कृत
विकासन्युजकर्मी रोकाया पुरस्कृत