विकासन्युजकर्मी रोकाया पुरस्कृत

<p>काठमाडौं । विकासन्युजमा कार्यरत सन्तोष रोकाया राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । बैंकको २१औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनी पुरस्कृत भएका हुन् । उनलाई राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले प्रशंसा पत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् । सहकारी क्षेत्रको समाचार [&hellip;]</p>

काठमाडौं । विकासन्युजमा कार्यरत सन्तोष रोकाया राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । बैंकको २१औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनी पुरस्कृत भएका हुन् ।

उनलाई राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले प्रशंसा पत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् ।

सहकारी क्षेत्रको समाचार सम्प्रेषणमार्फत् सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदान स्वरुप बैंकले उनलाई पुरस्कारमार्फत् सम्मान गरेको बताएको छ ।

बैंकका अध्यक्ष उप्रेतीले हरेक वर्ष बैंकले सहकारी क्षेत्रमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई छनोट गरेर पुरस्कृत गर्ने योजना अनुरुप यस वर्ष रोकायालाई सम्मान गरेको बताए ।

‘सहकारी क्षेत्रको विकास र समाज रुपान्तरणका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ, हामीले पत्रकारहरुको प्रोत्साहनका लागि यो पुरस्कारको स्थापना गरेका हौं, यसले पत्रकारलाई सहकारी क्षेत्रमा कलम चलाउन उत्प्रेरित गर्छ भन्ने हाम्रो विश्वास छ’, अध्यक्ष उप्रेतीले भने ।

रोकाया गत पुसमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदान गर्ने भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत भएका थिए ।

उनले बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् । पछिल्लो समय सहकारीमा भइरहेको विकृतिसँगै असल अभ्यासहरुको विषयमा पनि नियमित रुपमा कलम चलाइरहेका छन् ।

Share News