जाजरकोट भूकम्प पीडितलाई कैशाल हेलिकप्टरले १० लाख सहयोग गर्ने

<p>काठमाडौं । कैलाश हेलिकप्टरले जाजरकोट भूकम्प पीडितको लागि राहात स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सहयोगको लागि मातहतका कम्पनीहरुलाई आह्वान गरेपछि उक्त कम्पनीले १० लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो । ‘विभिन्न किसिममा कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको हाम्रो कम्पनीले जाजरकोट भूकम्प पीडितलाई राहात वितरण [&hellip;]</p>

काठमाडौं । कैलाश हेलिकप्टरले जाजरकोट भूकम्प पीडितको लागि राहात स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सहयोगको लागि मातहतका कम्पनीहरुलाई आह्वान गरेपछि उक्त कम्पनीले १० लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

‘विभिन्न किसिममा कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको हाम्रो कम्पनीले जाजरकोट भूकम्प पीडितलाई राहात वितरण गर्नको लागि राज्यको विपत कोषमा दश लाख रुपैयाँ सहयोगको घोषणा गरेका छौं’ कम्पनीका प्रबन्ध निर्देशक प्रतावजंग पाण्डेले भने ।

जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राती ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा एक सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । भूकम्पबाट धेरै घरहरु भत्केका छन् । सयाैं मानिसहरु घाइते भएको हुन सक्ने प्रारम्भिक विवरणहरु आएका छन् ।

घाइतेको शिघ्र उपचार र पीडित परिवारहरुलाई आपत्कालिन सहयोगको लागि सरकारको राज्य कोषमा सहयोग गर्न लागिएको पाण्डेले बताए । त्यस क्षेत्रको पुर्ननिर्माणमा पनि सबै पक्षको सहयोग आवश्यक हुने उनले बताए ।

Share News