
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको विषयमा रामेछाप विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेको छ ।
रामेछाप मन्थली विमानस्थलमा शुक्रबार बिहान निजी वायुसेवा कम्पनी तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको थियो । सोही घटनामा थप अनुसन्धान गर्नुपर्ने भन्दै उड्डयन नियामक प्राधिकरणले रामेछाप विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख थापालाई अर्को सूचना नआउन्जेल निलम्बन गरेको जनाएको छ ।
ताराको ट्विनअटर जहाज सोलुखुम्बुको लुक्लाबाट मन्थली विमानस्थल ल्याएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएको थियो ।
प्राधिकरणले दुवै पाइलटको लाइसेन्स निलम्बन गरिसकेको छ ।