
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को साधारणसभा यही कात्तिक २३ गते हुने भएको छ । नेप्सले १०औं वार्षिक साधारणसभा आरन्य बुटिक होटेलमा कात्तिक २३ गतेलाई आह्वान गरेको हो ।
साधारणसभाबाट लाभांश पारित गर्ने र प्रिमियम मूल्यमा आइपिओ निस्कासनको निर्णय गर्ने जनाइएको छ । नेप्सले सेयर लगानीकर्ताहरुलाई २१.०५३ प्रतिशत लाभांश प्रदान गर्नेभएको छ ।