काठमाडौं । फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको छ । असोजको अन्तिम दिन फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको हो ।
असोज ३० गते फोनपेले नयाँ सफलता हासिल गरेको कम्पनीले जनाएको छ । नयाँ माइलस्टोन हासिल गर्न सहयोग गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था, प्रयोगकर्ता र मर्चेन्टलाई आभार प्रकट गरेको छ ।
फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले नि:शुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन ।
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक संस्था हो । फोनपेमा ६४ बढी बैंक तथा वित्तीय संस्था आवद्ध भएका छन् । यस बाहेक फोनपेमा १२ लाख बढी मर्चेन्ट आवद्ध भएका छन् भने १ करोड ८० लाख बढी प्रयोगकर्ता रहेका छन् ।