नेपालको बैंकिङ क्षेत्रका अभिभावक एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन

<p>काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिमारी भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको सोमबार निधन भएको हो । ९४ वर्ष उमेर पुगेका श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्ष सम्हालेका थिए । उनले विदेशी पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेन्चरको रुपमा भित्र्याउन सफल भएका थिए । स्वर्गीय श्रेष्ठका [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिमारी भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको सोमबार निधन भएको हो ।

९४ वर्ष उमेर पुगेका श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्ष सम्हालेका थिए । उनले विदेशी पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेन्चरको रुपमा भित्र्याउन सफल भएका थिए । स्वर्गीय श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् । उनलाई मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको थियो ।

जीवनको अन्तिम अवस्थासम्म पनि बैंक हाँकेका श्रेष्ठ निर्णय क्षमता भएका व्यक्ति थिए । श्रेष्ठको निधनले नेपालको बैंकिङ क्षेत्रले एउटा अभिभावक गुमाएको छ । श्रेष्ठले गत वर्ष मंसिरको साधारणसभामा बोल्दै आफू बिमारी भएपनि बैंक स्वस्थ भएको बताएका थिए ।

‘म अस्वस्थ भएपनि बैंक स्वस्थ छ, नेपाली सीईओ बनेपछि ढुक्क छु’

Share News