कुमारी र प्रभु बैंकका ६ जना संस्थापक बाहिरिँदै

<p>काठमाडौं । कुमारी बैंक र प्रभु बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएका छन् । दुवै बैंकका ३÷३ जना गरी कूल ६ जना संस्थापकहरु सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । कुमारी बैंकका ३ संस्थापकले ११ हजार २२ कित्ता र प्रभु बैंकका ३ संस्थापकले २० हजार २०२ कित्ता सेयर बिक्रीमा राखेका हुन् [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक र प्रभु बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएका छन् । दुवै बैंकका ३÷३ जना गरी कूल ६ जना संस्थापकहरु सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् ।

कुमारी बैंकका ३ संस्थापकले ११ हजार २२ कित्ता र प्रभु बैंकका ३ संस्थापकले २० हजार २०२ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

कुमारी बैंकका अनुसार लोकमाया गुरुङ्गको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको ३ हजार ४५३ कित्ता र भरत बहादुर बुढाथोकीको ५ हजार २६४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

त्यस्तै, प्रभु बैंकका संस्थापक शुशिला देवी सिंघानियाको १० हजार ९३५ कित्ता, रजन श्रेष्ठको ५ हजार कित्ता र नितु अग्रवालको ४ हजार २६७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Share News