सेयरधितोमा १२ करोडको सीमा हटाउन गभर्नर सकारात्मक, अब सीमा बढाउन लागिएको हो ?

<p>काठमाडौं । सेयर लगानीकर्ताका लागि सबैभन्दा टाउको दुखाइको विषय हो सेयरधितो कर्जामा लगाइएको सीमा । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत् गरेको यो व्यवस्थाले सेयर बजारमा गिरावट आएको भन्नेहरु पनि धेरै छन् । सेयर लगानीकर्ताले गभर्नर अधिकारीलाई ‘आँखाको आनो’का रुपमा लिन थालेका छन् । सेयर बजार घटाउने मुख्य पात्रका रुपमा गभर्नर अधिकारीलाई [&hellip;]</p>

काठमाडौं । सेयर लगानीकर्ताका लागि सबैभन्दा टाउको दुखाइको विषय हो सेयरधितो कर्जामा लगाइएको सीमा । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत् गरेको यो व्यवस्थाले सेयर बजारमा गिरावट आएको भन्नेहरु पनि धेरै छन् । सेयर लगानीकर्ताले गभर्नर अधिकारीलाई ‘आँखाको आनो’का रुपमा लिन थालेका छन् ।

सेयर बजार घटाउने मुख्य पात्रका रुपमा गभर्नर अधिकारीलाई नै सेयर लगानीकर्ताले लिन थालेका छन् । सेयर लगानीकर्ताले १२ करोडको सीमा हटाउन लामो समय विरोध पनि गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थमन्त्रालय र धितोपत्र बोर्डले पनि गभर्नरलाई सो सीमा हटाउन पटक-पटक आग्रह गरिरहे ।

तर, गभर्नर अधिकारीले सबैको आग्रह र प्रस्तावलाई अस्वीकार गरिदिए । परिणाम स्वरुप अर्थमन्त्री र गभर्नरको सम्बन्धमा दरार आएको विषय पनि बेलाबखत बाहिरिन्छ । यही व्यवस्थाले सबैको तगारो बनिरहेका छन् गभर्नर अधिकारी । तर, अन्ततः गभर्नर अधिकारी सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन तयार देखिएका छन् ।

गत साता गभर्नर अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गर्दै १२ करोडको सीमा हटाउन ग्रिन सिग्नल दिएका थिए । त्यसपश्चात् उनले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक पनि बसालेका थिए । स्रोतका अनुसार अधिकांश सञ्चालकहरुले १२ करोडको सीमा हटाउनु पर्ने धारणा राखे । सबैले १२ करोडको सीमा हटाउनु पर्छ भनेपछि गभर्नर पनि सो समिा हटाउन तयार बनेको स्रोतको दावी छ ।

सोमबार गभर्नर अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच पनि छलफल भएको छ । उनीहरुबीच पनि १२ करोडको सीमा हटाउने विषयमा घनिभूत छलफल भएको छ ।

हमालका अनुसार १२ करोडको सीमा हटाउन गभर्नर अधिकारी सकारात्मक देखिन्छन् । उनले आफुहरुबीच सेयर बजारमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि सहकार्य गर्ने विषयमा छलफल भएको बताए ।

‘गभर्नर १२ करोडको सीमा हटाउन तयार देखिनु भएको छ, सीमा हटाउने कि बढाउने भन्ने विषयमा राष्ट्र बैंकको विज्ञ समूहसँग बसेर टुङ्गयाउनुहुन्छ,’ हमालले भने ।

केही दिनअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले १२ करोडको सीमा हटाएर १८ करोडसम्म पुर्याउन सकिने धारणा राखेका थिए ।

Share News