काठमाडौं । बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) ले दशैं र तिहारको अवसरमा ‘बर्जर हाम्रो घर हाम्रो शान’ नामक योजना ल्याएको छ । कम्पनीले ग्राहकको घरको सौन्दर्यता बढाउने उद्देश्यसहित यो योजना ल्याएको हो ।
यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्नेछन् । साथै, थप तीन जनाले जनही १ लाख रुपैयाँ र अन्य दश जनाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्नेछ । त्यसैगरी, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीले आफ्नो घरको सुन्दर तस्वीर सेयर गरेर जनही २५ हजार रुपैयाँको नगद पुरस्कार पाउने छन् ।
यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सीमित बर्जर उत्पादनहरूमा मात्र लागू हुने कम्पनीले जानकारी गराएको छ ।