काठमाडौं । आई पे रेमिटले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्ती गरेको छ ।
यस सम्झौता ले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचान मा बृद्धी लगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखेको छ । विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेव दिदै आईरहेको आई पे रेमिट मलेसिया, जापान, कोरिया, कतार, युएइ लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको कम्पनीले बताएको छ ।
क्यास पिकअप, रियलटाइम एकाउन्ट डिपोजिट लगायत इ वालेट लोडको सुबिधा आई पे रेमिटले ग्रहक वर्गहरुलाई दिदै आईरहेको व्यहोरा आई पे रेमिटका बजार प्रमुख रुप नारायणले खुलस्त पारे ।