मीनबहादुरसँग साढे २ करोड धरौटी मागेर छोड्न आदेश, अरु को–को छुटे ?

<p>काठमाडौं । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलासले एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको जनाईएको छ । थुनछेक आदेश अनुसार भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ । [&hellip;]</p>

काठमाडौं । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलासले एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको जनाईएको छ । थुनछेक आदेश अनुसार भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ ।

यस्तै, विनोद पौडेललाई १५ लाख, शिवजी भट्टलाई ३ लाख ३० हजार रुपैयाँ धरौटी तोकेको छ ।

गोपाल कार्की, लोकरि घिमिरे, घमन कुमार कार्की, कलाधर देउजा, योगराज पौडेल, नारायणराज मिश्र र अरुण कुमार श्रेष्ठलाई जनही ७ लाख ५० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

यस्तैगरी, ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जय कुमार महर्जनलाई जनही १ लाख १० हजार धरौटी रकम तोकिएको छ ।

अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गरेको छ ।

Share News