सेन्ट्रल फाइनान्स विराटनगर शाखाद्वारा पानी तथा जुस वितरण

<p>काठमाडौं । सेन्ट्रल फाईनान्स् विराटनगर शाखाले ५५ औं ऐतिहासिक कृष्ण रथ यात्राको अवसरमा बिहीबार जुस तथा पानी वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको विराटनगर शाखाका शाखा प्रमुख शेखर पोखरेलको अगुवाईमा कृष्ण जन्माष्टमीमा आयोजित कृष्ण रथयात्रामा सहभागी हुनु भएका श्रद्धालु भक्तजनहरुलाई जुस तथा पानी वितरण गरिएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाईनान्स् विराटनगर शाखाले ५५ औं ऐतिहासिक कृष्ण रथ यात्राको अवसरमा बिहीबार जुस तथा पानी वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको विराटनगर शाखाका शाखा प्रमुख शेखर पोखरेलको अगुवाईमा कृष्ण जन्माष्टमीमा आयोजित कृष्ण रथयात्रामा सहभागी हुनु भएका श्रद्धालु भक्तजनहरुलाई जुस तथा पानी वितरण गरिएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।

Share News