प्रभु बैंकबाट डेढ सय जना कर्मचारी बाहिरिए, चौथो र पाँचौं वरियताका श्रेष्ठ र पाठकले पनि रोजे भीआरएस

<p>काठमाडौं । प्रभु बैंक ल्याएको स्वेच्छिक अवकास सुविधा (भीआरएस)मा १४८ जना कर्मचारीले रोजेका छन् । बैंककी नायव महाप्रबन्धक (डीजीएम) अनुपमा श्रेष्ठ मानन्धर र सहायक महाप्रबन्धक (एजीएम) भोला प्रसाद पाठकसहित १४८ जनाले भीआरएस सुविधा रोजेको बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपानले जानकारी दिए । बैंकका प्रमखु कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, वरिष्ठ [&hellip;]</p>

काठमाडौं । प्रभु बैंक ल्याएको स्वेच्छिक अवकास सुविधा (भीआरएस)मा १४८ जना कर्मचारीले रोजेका छन् । बैंककी नायव महाप्रबन्धक (डीजीएम) अनुपमा श्रेष्ठ मानन्धर र सहायक महाप्रबन्धक (एजीएम) भोला प्रसाद पाठकसहित १४८ जनाले भीआरएस सुविधा रोजेको बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपानले जानकारी दिए ।

बैंकका प्रमखु कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, वरिष्ठ डीसीई मनोज न्यौपाने र डीसीईओ मनीराम पोखरेलपछि वरियताका आधारमा डीजीएम श्रेष्ठ चौथो स्थान र एजिएम पाठक पाँचौं स्थानमा थिए । श्रेष्ठ साविक सेञ्चुरी बैंक र पाठक साविक प्रभु बैंकमा थिए ।

बैंकमा कर्मचारीको संख्या उच्च भएपछि भीआरएस सुविधा ल्याउनु परेको डीसीईओ न्यौपाने बताउँछन् । बैंकको भीआरएस सुविधा लिनेमा उच्च तहका १४ जना कर्मचारी रहेका छन् । जसमध्ये केही कर्मचारीहरु विभागी प्रमुख पनि रहेका छन् ।

सेञ्चुरी बैंक गाभेको ६ महिनापछि प्रभु बैंकले पनि भिआरएस सुविधा ल्याएको हो । हाल बैंकमा ३ हजार ५ सय कर्मचारी कार्यरत छन् ।

वरिष्ठ डीसीईओ न्यौपानेका अनुसार ५ वर्षभन्दा कम अवधि भएका कर्मचारीलाई २० महिनाको तलब र ५ वर्षभन्दा बढी समय भएका कर्मचारीलाई २४ महिनाको तलब सुविधा सहित बिदा गरिएको छ ।

स्रोतका अनुसार बैंकमा कार्यरत कर्मचारीको संख्या अनुसारको प्रतिफल बैंकलाई नदिएका कारण कर्मचारी कटौति गर्नु परेको हो । गत पुस २६ गते सेञ्चुरी बैंकलाई गाभेको प्रभुले सो समयमा भिआरएस सुविधा ल्याएको थिएन ।

Share News