काठमाडौं । एनआईसी एशिया बैंकले संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले चापागाँउ शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।
बैंकका अनुसार गोदावरी नगरपालिका ११ पाउली बुलुमा सञ्चालनमा रहेको चापागाँउ शाखा भदौ १७ गतेदेखि गोदावरी ११ नगरपालिको भवन बज्रबाराहीमा सरेको हो ।
साविकको स्थानबाट ८ सय मिटर उत्तर/पूर्वतर्फ स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ ।
अत्यावश्यक जानकारीका लागि चापागाँउ शाखाका शाखा प्रबन्धक हिरा बहादुर तामाङको ९८०१९८२२९५ नम्बरमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।