काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २३५ रुपैयाले बढाएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्य २३५ रुपैयाँले बढेको हो ।
यस्तै, पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ । अब एलपी ग्यासको मूल्य १ हजार ८ सय ९५ पर्ने छ भने पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ ।
भारतले मूल्य बढाएर पठाएको भन्दै निगमले पनि मूल्य बढाएको छ । भारतले मूल्य बढाएर पठाएको भन्दै निगमले पनि मूल्य बढाएको छ । निगमका अनुसार भारतबाट प्रतिलिटर पेट्रोलको मूल्य ३.१७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.४८ रुपैयाँ वृद्धि गरेर पठाएको छ ।
यस्तै, एलपी ग्यासको मूल्य भने १८६.४८ रुपैयाँ बढाएर पठाएको छ । बढेको मूल्य शुक्रबारदेखि लागू हुने निगमको भनाइ छ ।
