जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रले फड्को मारेको छ : ढकाल 

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रले फड्को मारेको बताएका छन् । ईप्पानको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले विद्युत विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहेको पनि बताएका हुन् । ढकालले नेपालमा कुल बिजुली उत्पादनमा ५० प्रतिशत भन्दा बढी निजी क्षेत्रको सहभागिता रहेको पनि बताए । प्रधानमन्त्रीको भारत [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रले फड्को मारेको बताएका छन् । ईप्पानको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले विद्युत विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहेको पनि बताएका हुन् ।

ढकालले नेपालमा कुल बिजुली उत्पादनमा ५० प्रतिशत भन्दा बढी निजी क्षेत्रको सहभागिता रहेको पनि बताए । प्रधानमन्त्रीको भारत भ्रमणमा बंगलादेशसम्म विद्युत व्यापारको बाटो खोलेको र व्यापारमा पनि सहजीकरणको वातावरण सिर्जना भएको बताएका छन् ।

‘अहिले विद्युतका विकासकर्ता समस्यामा छन्, पीपीए, ट्रान्समिसन लाइन समयमा नहुँदा विद्युत खेर जाने लगायतका समस्याहरू आइरहेका छन्, यो समस्या तत्काल समाधान गरी विद्युतीय विकासको पूर्वाधारहरू तयार गर्न आवश्यक छ,’ उनले भने ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न वैकल्पिक उपाय भनेकाे उर्जा रहेको बताएका छन् । उनले विद्युतीय क्षेत्रमा देखिएका समस्याहरूको समाधानको निमित्त सरकारको ध्यान केन्द्रित हुनुपर्ने पनि बताए ।

नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिद्युत किन्ने सम्झौता हुनु  निकै ठूलो उपलब्धिमूलक विषय रहेको उनको भनाइ छ । पीपीए खुल्ला गरेको खण्डमा खर्बौं बराबरको विदेशी लगानी पनि भित्रिन सक्ने अग्रवालले जानकारी दिए ।

ऊर्जा उत्पादकहरू विद्युत व्यापारमा सक्षम रहेको र देश सम्वृद्धिको आधार जलविद्युत भएकाे अध्यक्ष अग्रवालकाे भनाइ छ ।

Share News