टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री 

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले टोखा–छहरे सुरूङमार्ग राष्ट्रिय चासोको विषय भएकाले पनि यसै वर्षबाट अघि बढाएने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन् ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले टोखा–छहरे सुरूङमार्ग राष्ट्रिय चासोको विषय भएकाले पनि यसै वर्षबाट अघि बढाएने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन,’ उनले भने ।

यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय भए पनि अब भने ठोस पहल भएको बताउँदै उनले भने, ‘यसको बरेमा धेरै चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना पनि छ । तर, विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौं । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।’

धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको र विकास निर्माणको आवश्यकता पूर्ति नभइरहेको परिस्थितिलाइृ देष्टिगत गरी यो वर्ष केही बढी बजेट व्यवस्था गरिएको पनि अर्थमन्त्री महतले बताएका छन् । ‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा केही बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पुर्‍याउने प्रयास गरेका छौं,’ मन्त्री डा. महतले भने ।

Share News