भेटियो बेपत्ता भएका सिटिइभिटीका दुई कर्मचारीको शव

<p>काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। मं‌गलबार साझ सुनकोशी नदीबाट दुई जनाको शव फेला परेको हो । शुक्रबार बिहान साढे ११ बजे सुनकोशी नदीमा सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो । उक्त गाडीमा चालकसहित ४ जना सवार थिए । गाडीका चालक पौडेर निस्किएका थिए भने बाँकी [&hellip;]</p>

काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। मं‌गलबार साझ सुनकोशी नदीबाट दुई जनाको शव फेला परेको हो ।

शुक्रबार बिहान साढे ११ बजे सुनकोशी नदीमा सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो । उक्त गाडीमा चालकसहित ४ जना सवार थिए ।

गाडीका चालक पौडेर निस्किएका थिए भने बाँकी तीन भने वेपत्ता थिए । वेपत्ता एक जनाको शव अझै भेट्टाउन सकिएको छैन ।

Share News