नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड

<p>काठमाडाैं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघकाे काठमाडाैंमा सम्पन्न २३ औं वार्षिक साधारण सभा/अधिवेशनबाट दुगड दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयनका, तृतिय उपाध्यक्षमा बिकास बेगवानीलाई पनि सर्वसम्मत चयन गरेको छ । यस्तै, सभाले महासचिवमा राधेश्याम अग्रवाल, सचिव [&hellip;]</p>

काठमाडाैं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड निर्वाचित भएका छन् । संघकाे काठमाडाैंमा सम्पन्न २३ औं वार्षिक साधारण सभा/अधिवेशनबाट दुगड दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयनका, तृतिय उपाध्यक्षमा बिकास बेगवानीलाई पनि सर्वसम्मत चयन गरेको छ ।

यस्तै, सभाले महासचिवमा राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल, कोषाध्यक्ष बिनोद कुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयां कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

Share News