राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता, टिभिसि प्रसारण गर्ने

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टिभिसि प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका छन् । सम्झौता पछि राष्ट्रिय वाणिज्य [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टिभिसि प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका छन् । सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभिसि नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात दुबै संस्थाको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पूग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजन मार्फत नागरिकमा पु¥याउन सहयोग पूग्ने बताए ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले दुबै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share News