नेपाल ट्रेड युनियन काँग्रेसको बागमती प्रदेश अधिवेशनमा खनालको उम्मेदवारी

<p>काठमाडाैं । नेपाल ट्रेड युनियन काँग्रेस, बागमती प्रदेश समितिको प्रदेश अधिवेशनमा धर्म प्रसाद खनालले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आमामी २५ गते हुने अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । खनाल वि.सं. २०२० साल चैत ६ गते ओखलढुंगाामा जन्मिएका हुन् । २०३६ सालमा गठित नेपाल विद्यार्थी संघ, ओखलढुंगााको जिल्ला सचिव हुँदै आफ्नो [&hellip;]</p>

काठमाडाैं । नेपाल ट्रेड युनियन काँग्रेस, बागमती प्रदेश समितिको प्रदेश अधिवेशनमा धर्म प्रसाद खनालले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आमामी २५ गते हुने अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

खनाल वि.सं. २०२० साल चैत ६ गते ओखलढुंगाामा जन्मिएका हुन् । २०३६ सालमा गठित नेपाल विद्यार्थी संघ, ओखलढुंगााको जिल्ला सचिव हुँदै आफ्नो राजनीतिक यात्रा शुरु गर्नु भएका खनाल वि.सं. २०४३ सालमा कर्मचारी सञ्चय कोषको जागिरमा प्रवेश गरे ।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भए पश्चात संघ/संगठन स्थापना गर्न पाउने अधिकार सुनिश्चित भए लगतै वि.सं. २०४७ साल देखि हालसम्म निरन्तर ट्रेड युनियन आन्दोलनमा सकृय रुपमा कृयाशिल रही श्रमिकहरुको पेशागत हकहितको लागि संघर्षरत छन् ।

तत्पश्चात नेपाल वित्तीय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषमा कोषाध्यक्ष, महासचिव हुँदै तीन कार्यकाल अध्यक्ष भई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्नु भई नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिको केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष समेत भई ट्रेड युनियन आन्दोलनमा सकृय भूमिका निर्वाह गर्दै आएका छन् ।

निज खनाल नेपाल ट्रेड युनियन काँग्रेसको चौथो महाधिवेशनदेखि निरन्तर राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुँदै आएका छन् ।

खनाल हाल नेपाल ट्रेड युनियन काँग्रेस, श्रम सम्बन्ध विभागको सचिव हुन् ।

Share News