बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचार विरुद्ध प्रदर्शन

<p>बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका नेपाली कांग्रेशका नेता बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा स्वतन्त्र नागरिक अभियन्ताहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । आज विहान सयौं युवाहरु भेला भएर तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा प्रदर्शन गरेका हुन् । सोही निर्वाचन क्षेत्रबाट गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खाँण पराजित भएका थिए । प्रदर्शनमा सहभागीहरुले [&hellip;]</p>

बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका नेपाली कांग्रेशका नेता बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा स्वतन्त्र नागरिक अभियन्ताहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । आज विहान सयौं युवाहरु भेला भएर तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा प्रदर्शन गरेका हुन् ।

सोही निर्वाचन क्षेत्रबाट गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खाँण पराजित भएका थिए । प्रदर्शनमा सहभागीहरुले ‘राजनैतिक प्रशयका आधारमा अपराधीले उन्मुक्ती नपाउन, राजनैतिक भ्रष्टाचार विरुद्ध एक हौं’, लगायतका नारा लगाएका थिए ।

Share News