अरुण काबेलीको विद्युत बिक्री नभएपछि नाफा घट्यो

<p>काठमाडौं । अरुण काबेली पावरको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्नु र कम्पनीको खर्च बढेका कारण कम्पनीको नाफा ३५.३५ प्रतिशत घटेको हो । [&hellip;]</p>

काठमाडौं । अरुण काबेली पावरको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्नु र कम्पनीको खर्च बढेका कारण कम्पनीको नाफा ३५.३५ प्रतिशत घटेको हो ।

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री आम्दानी ४.६४ प्रतिशत घटेर ५६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.३४ प्रतिशत घटेर ५३ करोड १८ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६० लाख रुपैयाँ कूल नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी १३७.७८ प्रतिशत बढेर ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ लाख रुपैयाँ मात्रै अन्य आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च १८.४९ प्रतिशत घटेर ३९ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्ष ३३ लाख २ हजार रुपैयाँ गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँ र जगेडा कोष ५३.६४ प्रतिशत बढेर ३५ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.६४ रुपैयाँ घटेर १०.३२ रुपैयाँमा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.१४ गुणा रहेको छ ।

Share News