प्लेन टिकट रद्द गरेर टोपबहादुर रायमाझी सम्पर्कविहीन

<p>काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएपछि रायमाझी सम्पर्कविहीन भएका हुन् । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझीका नाममा पक्राउ पुर्जी जारी गरेको छ । रायमाझीले भैरहवाबाट काठमाडौं जाने भनेर बुधबार साँझका लागि जहाजको टिकट काटेको भएपनि रद्द गरेको बुझिएको छ । [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएपछि रायमाझी सम्पर्कविहीन भएका हुन् ।

जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझीका नाममा पक्राउ पुर्जी जारी गरेको छ । रायमाझीले भैरहवाबाट काठमाडौं जाने भनेर बुधबार साँझका लागि जहाजको टिकट काटेको भएपनि रद्द गरेको बुझिएको छ ।

प्रहरी स्रोतका अनुसार बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका रायमाझी राति ९ बजेपछि सम्पर्कविहीन भएको हुन् । उनको मोबाइल पनि अफ गरिएको छ । सम्पर्कविहीन भएपछि सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेको बताइएको छ ।

रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

Share News