प्रतिनिधिसभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण स्थगित भएको छ।

बैठकमा उत्पन्न अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले आजका लागि तय गरिएका सबै कार्यसूची हटाइएको जानकारी गराएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित गरिएको घोषणा गरे ।

विपक्षी दलहरूले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै बैठकमा विरोध जनाएपछि संसद्को नियमित कारबाही प्रभावित भएको थियो । त्यसपछि सभामुख अर्यालले दलहरूबीच सहमति र संवादका लागि समय आवश्यक रहेको उल्लेख गर्दै बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्नेछ ।

Share News