काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज उनीहरुबीच भेटवार्ता हुनेछ ।
भेटका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यासको आदानप्रदान, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार-विमर्श हुने अपेक्षा गरिएको छ।
रास्वपाका सभापति लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटमा सक्रिय रहेको छ। भारतका गृहमन्त्री शाहसँगको भेटलाई नेपाल-भारत सम्बन्ध र राजनीतिक तहको संवाद विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
आजै लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेट गरेका थिए ।